कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

  • शनिबार, अशोज २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

किन्सासा, २० असोज  ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गर्नुभयो ।
पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो । घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ