इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, खोजी तथा उद्धार जारी

इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, खोजी तथा उद्धार जारी

  • मङ्लबार, अशोज १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.9K
    SHARES

काठमाडौं । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि अाएकाे सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ । खोजी तथा उद्धार जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

उद्धारकर्मीहरुले भूकम्पबाट भत्किएका घरका भग्नावशेषबाट कंयौं व्यक्तिको शव निकालेका छन् ।

जसका कारण प्रतिदिन मृत्यु हुनेको संख्या बढ्दै गएको अधिकारीहरुले जनाएका छन् । यद्यपी सरकारी तथ्यांकअनुसार भने मृत्यु हुनेको संख्या ८४४ पुगेको बताइएको छ ।

भूकम्प गएको पाँच दिनपछि दुर्गम इलाकामा अझै पनि सम्पर्क हुन सकेको छैन ।

घरका भग्नावशेषबाट जिवितै व्यक्ति उद्धारको लागि उद्धारकर्ताको प्रयास जारी रहेको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पालु सहरका भित्री इलाकासम्म उद्धारकर्ता अझै पुग्न बाँकी रहेकाले मृतकहरु बढ्नसक्ने बताएका छन् ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् ।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका र सयौं घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीको भनाई छ ।

इन्डोनेसियाको तटीय सहर पालुमा शुक्रबार ७ दशमलव ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ