सुरक्षा गल्तीका कारण ५ करोड फेसबुक एकाउन्ट ह्याक हुन सक्ने खतरा

सुरक्षा गल्तीका कारण ५ करोड फेसबुक एकाउन्ट ह्याक हुन सक्ने खतरा

  • शनिबार, अशोज १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी, असोज १३ ।
फेसबुकले एउटा सुरक्षा गल्तीका कारण झण्डै पाँच करोड फेसबुक प्रयोगकर्ताको खाता ह्याक हुन सक्ने खतरा पैदा भएको बताएको छ ।

कम्पनीले एउटा सूचना सार्वजनिक गर्दै ह्याकरहरुले फेसबुकको प्रविधिमा भएको त्रुटिको फाइदा उठाएको जनाएको छ । फेसबुकमा रहेको ‘भ्यू एज’ फिचरको फाइदा उठाउँदै ह्याकरहरुले फेसबुक प्रयोगकर्ताको खाता ह्याक गर्ने प्रयास गरेका छन् ।

यो फिचरमा फेसबुक प्रयोगकर्ताले अरु मान्छेले आफ्नो प्रोफाइललगायतका चिजहरु कसरी हेरिरहेका छन् भन्ने जानकारी प्राप्त गर्नेछन् । फेसबुकले मंगलबार नै यस विषयमा प्रहरीलाई जानकारी गराएको छ ।

साथै कम्पनीका सुरक्षा प्रमुख गाई रोजेनका अनुसार प्रविधिमा देखिएको त्रुटिलाई सुधार गरिएको छ फेसबुकको ‘भ्यू एज’ एउटा प्राइभेसी फिचर हो जसको माध्यमबाट फेसबुक युजर अन्य व्यक्तिको प्रोफाइल हेर्न सक्छन् ।

यसबाट उनीहरुले साथी, साथीको साथी तथा सार्वजनिक जानकारी हासिल गर्न सक्नेछन् ।फेसबुकका सीईओ मार्क जुकरबर्गले पनि यो समस्याको समाधान भैसकेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ