एजेन्सी, असोज ४ ।
जापानका प्रधानमन्त्री सिन्जो आबे उहाँको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वा्चित हुनुभएको छ । उहाँको राजनीतिक दल ‘लिबरल डेमोक्र्या्टिक पार्टी’को आज सम्पन्न निर्वाचनमा उहाँ अध्यक्ष निर्वा्चित हुनुभएको हो ।
यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहनुहुने निश्चित भएको छ । ६३ वर्षीय अबेले आफ्नो दलका सदस्य र सांसदबाट ५५३ मत प्राप्त गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
उहाँको विरुद्धमा उम्मेदवार बनेका अर्का नेता सिगेरु इसाबाले भने २५४ मत मात्र प्राप्त गर्नुभएको थियो । नेता इसाबा जापानको पूर्व रक्षामन्त्री हुनुहुन्थ्यो ।
जापानी प्रधानमन्त्री अबे संविधान संशोधनको मुख्य एजेण्डाका साथ प्रधानमन्त्रीमा निर्वा्तित हुनुभएको हो । उहाँ पुनः आफ्नो पार्टीको प्रमुखमा निर्वाचत भएसँगै सविधान संशोधनको उहाँको सपना पूरा हुने देखिएको बताइएको छ ।