अमेरिकाद्वारा चिनियाँ वस्तुमाथि हालसम्म कै धेरै नयाँ अतिरिक्त कर, व्यापारिक युद्ध तीव्र

अमेरिकाद्वारा चिनियाँ वस्तुमाथि हालसम्म कै धेरै नयाँ अतिरिक्त कर, व्यापारिक युद्ध तीव्र

  • मङ्लबार, अशोज २, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

एजेन्सी, असोज २ ।
अमेरिकाले चिनियाँ वस्तुमाथि अहिलेसम्मकै धेरै नयाँ अतिरिक्त कर लगाएर व्यापारिक युद्धलाई तीब्र पारेको छ । नयाँं अतिरिक्त कर २ सय विलियन डलर रकमको रहेको छ ।

चीनले निर्यात गर्ने ६ हजार वस्तुमा नयाँ अतिरिक्त कर लागू हुनेछ । यस्ता वस्तुमा हाते व्याग, चामल, टेक्सटायल, स्मार्ट घडी लगायतका छन् । सेप्टेम्बर २४ बाट लागू हुने नयाँ कर १० देखि २५ प्रतिशतसम्म बढाइएको हो ।

बेइजिङले चिनियाँ बस्तुमाथि अमेरिकाले लगाउने नयाँ करको जवाफ दिने जनाइसकेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको गलत व्यापारिक अभ्यास विरुद्ध नयाँ कर लगाइएको तर्क गर्नुभएको छ ।

अमेरिकी पछिल्लो निर्णयको जवाफ चीनले दिए उमाथि २ सय ६७ विलियन डलरको नयाँ अतिरिक्त कर लगाउने ट्रम्पको धम्की छ । यो तहको नयाँ करले सबै चिनियाँ बस्तुको आयातमा थप कर लाग्ने बताइएको छ ।

यसअघि पनि अमेरिका र चीनले एक अर्काका मुलुकबाट आयात हुने वस्तुमाथि नयाँं कर लगाएर व्यापारिक युद्ध जारी राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ