उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मूनबीच आज भेटवार्ता हुँदै

उत्तर कोरियाका नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मूनबीच आज भेटवार्ता हुँदै

  • मङ्लबार, अशोज २, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी, असोज २ ।
उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइनबीच आज महत्वपूर्ण भेटवार्ता हुँदैछ । उत्तरको राजधानी प्योङयाङमा हुने ३ दिने शिखर बैठकका लागि दक्षिणका राष्ट्रपति मुन प्योङयाङ पुग्नुभएको छ ।

किमले राष्ट्रपति मूनलाई भव्य रुपमा स्वागत गर्नुभएको छ । बैठकमा दक्षिण कोरियाका उच्च स्तरीय व्यापारीहरू पनि सहभागी हुने छन् । प्योङयाङमा पहिलो पटक दुई नेताबीच भेट हुन लागेको भएपनि किम र मूनबीचको यो तेस्रो शिखर बैठक हो ।

यसअघि दुई कोरियाको सीमा क्षेत्रमा किम तथा मूनबीच शिखर बैठक भएको थियो । बैठकमा मूनले उत्तर कोरियालाई आर्थिक सहयोग प्रदान गर्दै उसका परमाणु कार्यक्रम अन्त्य गर्न प्रस्ताव गर्ने जनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय लगायत अन्य प्रतिबन्धहरूको सामना गरिरहेको उत्तर कोरियाले समेत सो प्रस्ताव स्वीकार्ने सम्भावना उच्च रहेको आकंलन गरिएको छ । यद्यपी केही दक्षिण कोरियाली नेताहरुले भने तत्काल त्यस्तो प्रस्ताव नगर्न समेत सुझाएको बीबीसीले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ