एजेन्सी, असोज १ ।
फिलिपिन्समा ५९ जनाको ज्यान लिने गरी विध्वंस मच्चाएको म्याङ्खुट नामक शक्तिशाली आँधी हङकङ हुँदै चीन पुगेको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको छ ।
प्रतिघण्टा १६२ किलोमिटरको गतिमा चलेको आँधीले त्यहाँको जनजीवनलाई अस्तव्यस्त बनाइरहेको छ । उक्त आँधी जेङमेन शहर नजिकै चिनियाँ तटबाट प्रवेश गरेको संचारमाध्यमहरुले जनाएका छन् ।
आँधी प्रवेश गरेपछि ग्वाङडुङबाट हजारौं मानिसलाई हटाइएको छ । अधिकारीहरुले उच्च सतर्कता जारी गरेका छन् । मानिसहरुलाई घरभित्रै बस्न आग्रह गरिएको छ । आँधीसँगै भारी वर्षासमेत भएको छ ।
म्याङ्खुट आँधीलाई सन् २०१८ कै शक्तिशाली मानिएको छ । आँधीले हङकङलाई समेत तहसनहस पारेको थियो । हङकङका गगनचुम्बी घरहरु नै हल्लाइदिएको थियो भने भ्यालहरु उडाइदिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline