अमेरिकामाथि कहिल्यै विश्वास नगर्नुः इरान

अमेरिकामाथि कहिल्यै विश्वास नगर्नुः इरान

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

एजेन्सी, ३० जेठ । उत्तर कोरियाका नेता किम जोंन उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएकाे ऐतिहासिक भेटघाटमाथि संसारभरबाट मिश्रित प्रतिक्रिया पाइएको छ ।

इरानले भने उत्तर कोरियाले अमेरिकामाथि विश्वास गर्न नहुने बताएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्गाइसकेका छन् ।

रुसले पनि यस्तै प्रकारको चेतावनी दिएको छ । जबकी जपानले उक्त भेट एक ‘सुरुवात’ भएको बताएको छ ।

दक्षिण कोरियामा बेलायती राजदूत वारविक मौरिसका अनुसार राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले जुन सम्झौतामा हस्ताक्षर गरेका छन, त्यसमा स्पष्टताको कमी छ तर दुबैले भेट गरेका छन्, त्यो नै ठूलो कुरा हो ।

यता दक्षिण कोरियाले भने उक्त भेटघाटले शान्ती र आपसी सहयोगको एक नयाँ अध्यायको आरम्भ गरेको बताएको छ ।

तर अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई समाप्त गरेको घोषणाले भने दक्षिण कोरिया अचम्ममा परेको बताएको छ । यो उत्तर कोरियाको एक प्रमुख माग पनि थियो ।

चीनले दुबै नेताको भेटवार्ताले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धमा राहत हुनसक्ने अनुमान गरेको छ ।

यस्तै, अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शूमरले किम जोंग उनसँग राष्ट्रपति ट्रम्पको भेट त्यतिबेला मात्र सफल हुनेछ जब यसले कुनै ठोस् नतिजा निकाल्नेछ ।

अर्कोतर्फ, एक वरिष्ठ रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमका अनुसार उत्तर कोरियामार्फत चीन, अमेरिकासँग खेल्ने कोसिस गरिरहेको छ । उनले दक्षिण कोरियाबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने कुनै पनि सम्झौताको विरोध गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ