एमाले-माओवादी एकता पहिलाे गासमै ढुङ्गा, लेनिनकाे फाेटाेबिनै लेनिन जयन्ती मनाउन खाेज्दा हंगामा(भिडियाे सहित)

एमाले-माओवादी एकता पहिलाे गासमै ढुङ्गा, लेनिनकाे फाेटाेबिनै लेनिन जयन्ती मनाउन खाेज्दा हंगामा(भिडियाे सहित)

  • आइतवार, बैशाख ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

९ वैशाख,काठमाडौं ।

पार्टी एकताको अन्तिम तयारीमा रहेका नेकपा एमाले र माओवादी केन्द्रलाइ पहिलाे गाँस मै ढुङ्गा लागेकाे छ ।    लेनिनको जन्म जयन्ती तथा कम्युनिस्ट पार्टी स्थापनाको अबसरमा अायोजना गरिएको कार्यक्रमको व्यानरबारे विवाद हुँदा कार्यकर्ताबीच हानाहान भएकाे थियाे ।

काठमाडौंको राष्ट्रिय सभागृहमा अायोजित कार्यक्रमको व्यानरमा लेनिनको फोटो नराखेपछि लेनिन जयन्तीमा लेनिनकै फोटो नभएपछि हलमा उपस्थित माके कार्यकर्ताहरुले विरोध गरेका थिए । व्यानरमा एमालेले सधै प्रयोग गर्दै अाएको पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो र विपरित कुनामा एमाले अध्यक्ष केपी ओली र माके अध्यक्ष प्रचण्डको फोटो राखिएको थियो ।

माके कार्यकर्ताहरुले नाराबाजी गर्दै सुरुमा व्यानर हटाउन खोजेका थिए । त्यसलगत्तै एमाले कार्यकर्ताहरुले रोकेका थिए ।

कार्यक्रम दिउँसो १२ बजे सुरु हुने भनिएको थियो तर व्यानर विवादकै कारण ढिला भयाे । अन्तत दाेश्राे व्यानर राखेर कार्यक्रम गरिएकाे थियाे । एमाले अध्यक्ष ओली र माके अध्यक्ष प्रचण्डले व्यानरबारे माफी मागेका छन् । यसमा अाफूहरुको गल्ती भएको भन्दै दुईओटा व्यानर राखेर कार्यक्रम गर्ने निर्णय गरेका छन् ।

एमालेले धेरै पहिलेदेखि नै मार्क्स, एंगेल्स,लेनिन, माओको फोटो हटाइसकेको थियो । कम्युनिस्ट स्थापना दिवसमा एकताबारे सकारात्मक सन्देश दिने भन्दै अायोजना गरिएको कार्यक्रमबाट दुबै पार्टीका नेताहरुलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।

यतिसम्मकी सुरुमै माकेका कार्यकर्ताहरुले व्यानर हटाउन खोज्दा एमाले कार्यकर्ताहरुले रोकेका थिए । दुबै पक्षबीच केही समय नाराबाजी र हुटिङ सुरु भयो । त्यतिबेला राष्ट्रिय सभागृहको वातावरण हानाहानको अवस्थामा पुगेको थियो । दुबै पार्टीका कार्यकर्ताहरुले एक अापसमा गाली गरिरहेका थिए ।

भिडियाे हेर्नुस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ