पार्टी एकता हुन नसकेपछि भोली दिदैछन् एमाले र माओवादीले यस्तो सन्देश

पार्टी एकता हुन नसकेपछि भोली दिदैछन् एमाले र माओवादीले यस्तो सन्देश

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, ८ वैशाख ।

वैशाख ९ गते औपचारिक पार्टी एकता घोषणा नहुनेभएपछि नेकपा एमाले र माओवादी केन्द्रले भोली संयुक्त रुपमा कार्यक्रम गरेर दुईपार्टी चाँडै एकीकृत हुने ठोस् सन्देश दिने भएका छन् ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन पारेर पार्टी एकताको घोषणा गर्ने बताउदैँ आएका दुईपार्टीबीच नेतृत्व व्यावस्थापन, चुनाव चिन्ह , जनयुद्ध शब्द राख्ने नराख्ने बिषयमा सहमती नभएपछि तत्कालका लागि एकता टरेको थियो ।

पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा भोली मध्यान्ह १२ बजे हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्नुहुनेछ ।

एकता टरेको नभई तयारी नपुगेर केही समयपछि सरेको भन्ने सन्देश दुईपार्टीका शिर्ष नेताले कार्यक्रम मार्फत दिन खोजेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारीदिनुभयो ।

गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसद्मा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक÷पटक जनाउँदै आएका छन् ।

स्थिर सरकार, सुशासन र विकासको लक्ष्यसहित निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा भएको र त्यसलाई कार्यकर्ता र जनताले अनुमोदन गरिसकेकाले यसबाट पछि हट्न नमिल्ने विश्लेषकहरुको पनि बुझाइ छ ।

दुई दलबीच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो ।

ओली र दाहालले मिल्न बाँकी विषय मिलाएर समितिको बैठकमा पेश गरेपछि एकता घोषणाको मिति तय हुने नेताहरुले जनाएका छन् । तरदुईअध्यक्षबीच पटक पटक भएका गोप्य वार्ताहरुनिश्कर्षबिहिन बन्दै गएका छन् ।

आज पनि ओली र प्रचण्डबीच अनौपचारक वार्ता हुने प्रचण्डका प्रेश संयोजक बिष्णु सापकोटाले जानकारी दिनुभयो ।
यसैबीच राणा शासन विरोधी आन्दोलनका समयमा विसं २००६ वैशाख १० मा पुष्पलालको नेतृत्वमा भारतको कलकत्तामा नेकपाको स्थापना भएको थियो । सोहि दिनलाई नेपालका कम्युनिष्ट पार्टीहरुले नेकपाको स्थापना दिवश मनाउनेगर्दछन् ।

निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतिदेवी श्रेष्ठ नेकपाका संस्थापक हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र हितको रक्षाका साथै कम्युनिस्ट तथा वामपन्थी शक्तिले स्थापनाकालदेखि लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि पहरेदारीको काम गर्दै आएको जनाउँदै आएका छन् । तर कम्युनिष्ट घटक विभाजित हुँदा अस्थिरता र अराजकता देखा पर्दैआएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ