शुक्रवार ओली प्रचण्डबीच भएको तीन घण्टे ’गोप्य’ वार्तामा के भयो ?

शुक्रवार ओली प्रचण्डबीच भएको तीन घण्टे ’गोप्य’ वार्तामा के भयो ?

  • शुक्रबार, बैशाख ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं बैशाख ७ ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा रहेका विवाद टुङग्याउन बसेको दुई पार्टीका अध्यक्षहरुको ’वान टु वान’ वार्ता आज पनि विना निष्कर्ष टुङिगीएको छ ।
एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रुप दिन प्रधानमन्त्री समेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि बालुवाटारमा बैठख विना निस्कर्ष को भएको छ ।

तर, पनि दुई अध्यक्ष प्रतिवेदनलाई अन्तिम रुप दिन भने असफल भए । बैठक भोलि पनि बस्ने सहमतिमा सकिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभएको छ ।

गत मंगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले प्रतिवेदनमा देखिएका विवादित विषय टुंग्याउने अधिकार दुई पार्टीका अध्यक्षलाई दिएको थियो । दुई अध्यक्षले विवादित विषयलाई टुंग्याएर आगामी संयोजन समितिको बैठकमा पेश गर्ने निर्ण भएको थियो। सोही अनुरुप हिजो बिहीवार पनि दुई अध्यक्ष बालुवाटारमा चार घण्टा गोप्य बैठकमा बसेका थिए ।

पार्टी एकताको आधार तयार गर्नका लागि दुई दलले गत फागुन ७ गते एमाले नेता माधवकुमार नेपालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन मस्यौदा कार्यदल तथा माओवादी केन्द्रका नेता रामबहादुर थापाको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरेका थिए ।

दुवै कार्यदलले गत चैत २२ गते बसेको एकता संयोजन समितिको बैठकमा प्रतिवेदन बुझाएका थिए ।

प्रतिवेदनमा विधानको प्रस्तावनामा जनयुद्ध र अन्य आन्दोलनको सम्बोधन कसरी गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन्। त्यस्तै एकतापछि बन्ने पार्टीको चुनाव चिन्ह र पार्टी कमिटी गठनको मोडालिटीको विषयमा सहमति जुट्न नसकेपछि विवादित विषयलाई यथावत राखेर प्रतिवेदन बुझाएको थियो ।

यसैबिच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने बताउनु भएको छ । पार्टी एकताका प्राविधिक विषय गम्भीर ढंगले टुंग्याइने उहाको भनाई छ ।

आफनै निवास खुमलटारमा आज केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा उहाले एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा गरेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ