ओलीसँग पार्टी एकताबारे गम्भीर वार्ता हुन्छ : प्रचण्ड

ओलीसँग पार्टी एकताबारे गम्भीर वार्ता हुन्छ : प्रचण्ड

  • शुक्रबार, बैशाख ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, वैशाख ७ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकताबाट पछि हट्न नसकिने बताउनु भएको छ । पार्टी एकताका प्राविधिक विषय गम्भीर ढंगले टुंग्याइने उहाको भनाई छ ।

दाहालले एमाले अध्यक्ष केपी ओलीसँग पार्टी एकता बारे गम्भीर ढंगले वार्ता गर्ने बताउनु भयो । आफनै निवास खुमलटारमा आज केही निकटस्थ व्यक्तिहरुसँगको भेटमा उहाले एमाले नेताहरुको कार्यशैलीका कारण केही संशय पैदा गरेको बताउनु भयो ।

तर, समाधान गर्नै नसक्ने अवस्थामा भने नरहेको भन्दै उहाले द्विविधा र शंका निवारण गर्दै एकता गरिने आश्वासन दिनुभएको दाहालनिकट स्रोतले जनाएको हो ।

एमाले र माओवादीबीच यसअघि वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका दिन एकता घोषणा गर्ने भनिए पनि त्यो टरेको छ ।

विवादित विषयमा सहमति खोज्नका लागि एकता संयोजन समितिको बैठकले दाहाल र ओलीलाई जिम्मा दिएपछि दुई नेताबीच बिहीबार वार्ता भएको थियो । सो वार्तामा सहमति जुट्न नसक्दा फेरि वार्ता हुन लागेको हो ।

एमाले र माओवादीबीच चुनाव चिह्न के राख्ने, विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने कि नराख्ने र केन्द्रीय समितिमा दुबै पार्टीका कति–कति सदस्य रहने भन्नेमा सहमति बनेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ