देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही शक्ति लागिपरेका छन्: वादल

देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही शक्ति लागिपरेका छन्: वादल

  • बिहिबार, बैशाख ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ ६ वैशाख ।
गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् ।

आज बिहान जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि उहाँले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही शक्ति लागिपरेको भन्दै सुरक्षा संयन्त्रलाई बलियो बनाउन निर्देशन दिनुभएको हो ।

गृहमन्त्री थापाले पछिल्लो समय चितवन जिल्ला अपराधी लुक्ने ठाउँका रुपमा विकास हुँदै गएको भन्दै सुरक्षा नीतिमा परिमार्जन गरी आवश्ययक सुरक्षा व्यस्था चुस्त बनाउनुपर्नेमा जोडदिनुभयो ।

लागूऔषध दुर्व्यसनी, तस्करी र कारोबारी बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न विशेष कार्ययोजना बनाउन जरुरी रहेको धारणा राख्नुभयो ।

उहाले प्रहरी संगठनमा भौतिक पूर्वाधार, उच्च प्रविधिलगायतको अभावका बीच पनि संगठनले आफ्नो छवि उच्च राखेर अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान र्पुयाएको भन्दै यसलाई अझ सशक्त बनाएर अघि बढ्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ