पार्टी एकीकरण हुने सम्भावना टर्यो : प्रचण्ड

पार्टी एकीकरण हुने सम्भावना टर्यो : प्रचण्ड

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चितवन, वैशाख ५ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी वैशाख ९ गते नै पार्टी एकता गर्न सम्भव नभएको स्पष्ट पार्नु भएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले तयारी पुरा नभएकाले वैशाख ९ गते पार्टी एकीकरण हुने सम्भावना टरेको बताउनु भएको हो ।

तर उहाँले नेकपा एमाले सग बैशाख महिना भित्रमा भने पार्टी एकता हुने बताउनु भयो । उहाँले सञ्चारमाध्यममा आएजस्तै चुनाव चिन्ह, सिद्धान्त र पदका विषयमा टुंगो लागि नसकेको स्पष्ट पार्नु भएको हो ।

उहाँले एकीकृत पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने, निर्वाचन चिन्ह के राख्ने र एकताको मोडालिटी के हुने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच भोलि नै गम्भिर रुपमा छलफल हुने बताउनु भएको छ ।

पार्टी एकता हुँदैन कि भन्ने आशंका नगर्न सबैलाई आग्रह गर्दै दाहालले वैशाख महिनाभित्रै एकता टुंगिने दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ