परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच भेटवार्ता

परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच भेटवार्ता

  • बुधबार, बैशाख ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

५ वैशाख, काठमाडौं ।
चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र समकक्षी वाङ यीबीच बेइजिङमा भेटवार्ता भएको छ । स्टेट गेष्ट हाउसमा आज बिहान ज्ञवाली र वाङबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल चीन सहयोगका विषयमा छलफल भएको बताइएको छ ।

पाँचदिने भ्रमणका लागि गत आइतबार चीन प्रस्थान गर्न भएका ज्ञवाली दक्षिण चीनको ग्वान्झाओ हुँदै हिजो साँभ्m बेइजिङ पुग्नु भएको हो । त्यहा रहँदा उहाँले अन्य चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्ने र चिनियाँ थिंक ट्यांकको गोलमेच बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

बेइजिङपछि मन्त्री ज्ञवाली सिचुवान प्रदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । उहाँँ आगामी वैशाख ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ