मन्त्रालयको संख्या घटाए पनि केन्द्रका ६२ विभागको टुंगो अझै लागेन,साविककै विभाग कायम राख्न ’दबाव’

मन्त्रालयको संख्या घटाए पनि केन्द्रका ६२ विभागको टुंगो अझै लागेन,साविककै विभाग कायम राख्न ’दबाव’

  • शुक्रबार, चैत्र ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं ३० चैत,।
सरकारले मन्त्रालयको संख्या घटाए पनि केन्द्रमा रहेका विभागका सम्बन्धमा भने अझै टुंगो लाग्न नसकेको बताईएको छ ।
केन्द्रमा रहेका विभागका अधिकांश क्षेत्राधिकार संविधानबमोजिम तल्लो तहमा गए पनि विभागहरू पुरानै संरचनामा कायम रहेका छन् ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार अहिले केन्द्रमा ६२ विभाग छन् । जसमध्ये समान प्रकृतिको कार्यप्रणाली भएका र नयाँ संरचनामा औचित्य न्यून देखिएका विभागको संख्या झण्डै आधा छ ।
सरकारले साविकमा कायम रहेका ३१ मन्त्रालय घटाएर २१ मा झारेको छ । संविधानको कार्यक्षेत्रबमोजिम बनाइएको कार्य विस्तृतीकरण प्रतिवेदन र कार्य्विभागजन नियमावली (२०७४ लाई आधार मान्दा हाल कायम विभागको संख्या कटौती गर्नुपर्ने हुन्छ ।
केन्द्रमा रहने विभागको संख्या टुंगो लगाउन र संगठन संरचना निर्माणका लागि संगठन व्यवस्थपन तथा सर्वेक्षण (ओ एण्ड एम) समिति गठन गरी गृहकार्य गरिरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । आगामी केही दिनभित्रै उक्त समितिले विभागको संगठन संरचनाको प्रतिवेदन दिने मन्त्रालयले बताएको छ ।
साविकको संरचना अनुसार विभागलाई तल्लो तहसम्मको कार्यकारी अधिकार थियो । तर, प्रदेश र स्थानीय तह सञ्चालनमा आएपछि अधिकांशको त्यो अधिकार गुमेको छ ।
संघीयताको मर्म अनुसारसमेत केन्द्रमा विभागको संख्यालाई कटौती गर्नुपर्ने भए पनि अहिले साविकझैं कायम राख्न ‘लविङ’ भइरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन । खासगरी प्राविधिक विभागका उच्च अधिकारीहरू आफ्नो विभाग कायम राख्ने लविङमा रहेको अधिकारीहरू को भनाई छ ।
अहिलेको सन्दर्भमा ३०र३२ वटाको हाराहारीमा विभाग भए पुग्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । विभागसँग केन्द्रमा रहेका सार्वजनिक संस्थान, समिति लगायतको सम्बन्धमा भने अझै पनि अन्योल छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ