चितवन ३० चैत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको एजेण्डा विकास र समृद्धि भएको बताउनु भएको छ ।
चितवनको माडी नगरपालिकाले आज विहान आयोजना गरेको अन्तर्क्िरया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको बताउनु भएको छ ।
जनताका आशा र अपेक्षालाई सम्वोधन गर्नुपर्ने दायित्व सरकारको रहेको भन्दै अध्यक्ष प्रचण्डले सरकार असफल हुँदा देश असफलतामा जाने र प्राप्त उपलब्धीहरु गुम्ने बताउनु भर्एको हो ।
साथै पार्टी एकता प्रकृया छिटो टुंगिएर सरकार पनि दुई तिहाइको बनाउने तर्फ अघि बढेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
अर्काे फरक प्रसंगमा अध्यक्ष प्रचण्डले मधेसवादी दलको एक घटक सैद्धान्तिक र राजनीतिक रुपमा सत्तामा आउने तयारी भएपनि प्राविधिक केही विषय मिलाउन बाँकी रहेकाले त्यसलाई पनि टुंगाएर दुई तिहाइ र्पुयाउने बताउनु भएको छ ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले माडीका जनताले निकुञ्ज र त्यहाँका जंगली जनाबरबाट पाएको हैरानीका विषय जानकारी दिनुभएको थियो ।
त्यसबारे अध्यक्ष प्रचण्डले निकुञ्जको २०२९ सालमा बनेको ऐन संशोधनको प्रकृया तत्काल अघि बढाउने बचन दिनुभएको छ ।
आफु काठमाडौं फर्किएलगत्तै निकुञ्ज ऐन संशोधनको ड्राफ्ट तयार गर्न लगाउने बताउनु भयो । उहाले निकुञ्जको ऐन संशोधन गर्न कुनै तागतले रोक्न नसक्ने भन्दै ‘जनता, जंगल र जंगली जनावरको संरक्षण गर्ने ऐन ल्याउने प्रतिवद्धता व्यतm गर्नुभएको छ ।