अहिलेको वास्तविक खतरा आतंककारी गतिविधि र साइबर सुरक्षा : ओली

अहिलेको वास्तविक खतरा आतंककारी गतिविधि र साइबर सुरक्षा : ओली

  • बिहिबार, चैत्र २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं ,चैत्र २९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी गतिविधि अहिलेको प्रमुख सुरक्षा चुनौती भएकोले त्यसको नियन्त्रणमा तत्पर रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

हिंसात्मक गतिविधिमा क्रियाशिल अतिवादी तत्वहरु, अन्तर्रा्ष्ट्रिय आतंककारी गतिविधिको चुनौतीका साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरु अहिलेको वास्तविक खतरा रहेकोले उक्त खतरा विरुद्ध सुरक्षा निकाय सदैव तयार रहनु पर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाली सेनाले भक्तपुरको खरिपाटीमा आयोजना गरेको कार्यक्रमलाई बोल्दै प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा, अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्वपूर्ण चुनौती साइबर सुरक्षा भएको भन्दै साइबर सुरक्षाको विश्वसनीय योजना सहित सुरक्षा निकायहरुबीच असरदार समन्वय बनाउनु जरुरी रहेको बताउनुभयो ।

लामो अस्थिरता पछि देश स्थायित्वतर्फ अग्रसर भएको र स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली सैनिकहरुले विश्वका द्वन्द्वग्रस्त मुलुकहरुमा र्पुयाएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरुको देशको रुपमा चिनाएको भन्दै प्रशंसा गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ