काठमाडौं ,२८ चैत।
नेकपा एमाले र माओवादीको पार्टी एकता संयोजन समितिको बैठक फेरि स्थगित भएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवस्थताका कारण बैठक स्थगित भएको हो । विवादित विषयहरुमा सहमति खोज्न समितिको बैठक साँझ ५ बजे बोलाइएको थियो ।
आगामी वैशाख ९ गते कम्युनिष्ट स्थापना दिवसको अवसमा पार्टी एकीकरणको घोषणा गर्न लागेका एमाले माओवादी केन्द्रले त्यसको तयारी स्वरुप आज बैठक गरेका थिए ।
पार्टी एकताका लागि गठित राजनीतिक र विधान तथा सांगठनिक कार्यदलले प्रतिवेदन वुझाएपनि निर्वाचन चिन्ह र माओवादीकै शव्दमा तत्कालिन जनयुद्धलाई समावेश गर्नेकी नगर्ने भन्ने विषयमा दुई दलबीच अझै सम्म पनि सहमति हुन सकेको छैन ।
जसका कारण दुवै दलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले अनुमोदन गर्न सकेको छैन । संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचन चिन्ह र जनयुद्ध शव्द राख्ने विषयमा वाहिर आएजस्तो विवाद नरहेको बताउनु भयो ।
आज बस्ने बैठकले विवादित विषयमा पनि सहमति गरेर टुंगोमा पुगि पार्टी एकता घोषणाका लागि छुट्टै समिति बनाउने संयोजन समिति श्रेष्ठले जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले पनि पार्टी एकतामा बाहिर आएजस्तो समस्या नभएको भन्दै आज बस्ने बैठकले सहमतिको ठोस निष्कर्ष निकाल्ले दावी गर्नुभएको छ ।