काठमाडौं, चैत्र २८ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री केपी शर्मा ओली भारतको अगाडि आत्मसममर्पण गरेर लम्पसारवादी बनेको आरोप लगाउनु भएको छ ।
निर्वाचन जित्नका लागि ओलीले राष्ट्रवादको भाषण दिएको भन्दै उहाँले अहिले आएर ओलिको राष्ट्रवाद दिल्ली भ्रमणमा गएर अन्त्य भएकोे दाबी गर्नुभयो ।
आज सन्चारकर्मिसँग कुरा गर्दै उहाँले भारतले सरकार ढालिदिने डरले प्रधानमन्त्री ओलीले पहिलो भ्रमण भारतबाटै गरेको बताउनु भयो ।
साथै एक फरक प्रसंगमा उहाले स्वाभिमान र राष्ट्रियताको कुरा ओलीले मुखले मात्रै भन्ने गरेको र नेपालका बुद्धिजिवीहरु सोझा जनता झुक्याउने खालका भएको भन्दै जनताले राम्रा नेता छान्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभएको छ ।
नेपालले भारतसँग रेल र जलमार्फत जोडिने कुरा पंचायतकालमै भएकोले ओलीले नयाँ कुरा केहि पनि नगरेको विजुक्छेले जिकिर गर्नुभएको छ ।
बिजक्छेले प्रचण्डले भारतले जे भन्यो त्यहि कुरा मान्ने भन्दै उनकै निर्देशनमा माओवादीले ओलीलाई सरकारमा सहयोग गरेको दावी समेत गर्नुभएको छ ।