आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध धावा बोलेपछि मजदुर वर्गमा नयाँ आशाको किरण उदायो:विप्लव

आत्मसमर्पणवाद र विसर्जनवादका विरुद्ध धावा बोलेपछि मजदुर वर्गमा नयाँ आशाको किरण उदायो:विप्लव

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 19.3K
    SHARES

काठमाण्डौ, २८ चैत । कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिले पछिल्लो समयमा क्रान्तिप्रति मजदुरहरुको ठूलो आशा र विश्वास बढ्दै गएको बताएका छन् ।

प्रचण्ड बाबुराममा पैदा भएको दक्षिणपन्थी अवसरवादले मजदुर आन्दोलनमा पनि ठूलो निराशा र आशंका पैदा भएको बताउँदै महासचिव विप्लवले अहिले त्यो निराशा र आशंका हटेको बताए ।

नेकपा निकट मजदुर संगठन अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघको मुखपत्रमा आफ्नो पार्टीको विचार पस्कने क्रममा महासचिव विप्लवले यस्तो बताएका हुन् ।

‘विगत ०६९-०७१ सालजस्तो क्रान्तिप्रतिको उदासिनता र अविश्वास अहिले छैन ।’ महासचिव विप्लवले भनेका छन्, ‘आत्मसमर्पणवाद र विसर्जनवाद विरुद्ध धावा बोलेपछि मजदुरवर्गमा नयाँ आशा र विश्वासको किरण उदाएको छ ।’

नेपाला हाल २५ लाख मजदुरहरू रहेकाेमा पछिल्ला दिनमा मजदुर वर्ग क्रान्ति र क्राmन्तिकारी पार्टीको वरिपरि गोलबन्द हुने प्रक्रिया अगाडि बढेको भन्दै महासचिव विप्लवले यो क्रान्तिकारी आन्दोलनको लागि खुशीको कुरा भएको बताए  ।

नेपालकाे मजदुर अान्दाेलनमा देखा परेका गलत प्रवृतिहरू संसदवाद, सुधारवाद, संशाेधनवाद र सामाजिक दलाल पुँजीवादका विरूद्ध मजदुर वर्गले निरन्तर निर्मम सम्झाैताहिन संघर्ष गर्नुपर्नेमा महासचिव विप्लवले जाेड दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ