जनताको करोडौं ठगेर फरार भए नयाँ शक्तिका एक्ला जनप्रतिनिधि, भारतमा बसेर फोनबाटै कार्यसञ्चालन !

जनताको करोडौं ठगेर फरार भए नयाँ शक्तिका एक्ला जनप्रतिनिधि, भारतमा बसेर फोनबाटै कार्यसञ्चालन !

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

२८ चैत्र,बुटवल । चुनावको बेला ‘गाउँगाउँमा सिंहदरवार’ को नारा बोकेर मत मागेका जनप्रतिनिधिहरु कुखुरा चोरदेखि, भ्रष्टाचारी, चेलीबेटी तस्कर, ठग, सरकारी बजेटमा नीजि जग्गा खरिददेखि, अपाङ्ग भत्ता खानेसम्म भएपछि जनताको आशा निरासतिर परिणत भइरहेको छ । यसैबीच एक जनप्रतिनिधिले त जनताको करोडौं ठगेर फरार समेत भएको छन् ।

कपिलवस्तु यशोधरा गाउँपालिका –५ का वडाअध्यक्ष लइस पठानले विभिन्न किर्ते, ठगी, दोहोरो नागरिकता मुद्धामा उजुरी परेपछि अहिले उनी फरार छन् ।

आर्थिक समृद्धिको नारा दिने नयाँ शक्ति नेपालका तर्फबाट निर्वाचित पठान फरार भएपछि वडाको सम्पूर्ण कामकाज प्रभावित भएका छन् ।
नागरिकता सिफारिश, वडाको सामाजिक सुरक्षा वितरण, बार्षिक कार्यक्रम तथा पूर्वाधार निर्माण कार्य रोकिएका छन् । उनी फागुन १९ गते देखि वडा कार्यालयमा आएका छैनन् ।

स्थानीया अनुसार वडाअध्यक्ष पठान भारतीय सीमावर्ती बजार खुनुवामा बस्दै आएका छन् । उतैबाटै फोनमार्फत केही लाभका काम गराउँदै अाएका छन् । उनी नयाँ शक्तिबाट जित्‍ने एक्ला वडाअध्यक्ष हुन् ।

विभिन्न व्यक्तिसँग अर्कैको जग्गा देखाई वडाअध्यक्ष पठानले १ करोड बढि रकम ठगि गरेको आरोप छ । कसैलाई किर्ते लालपूर्जा दिएर वा कसैलाई ऋणको कागज बनाई उनले ५ जना भन्दा बढि व्यक्ति संग रकम लिएको उनीमाथि आरोप छ ।

पठान १ करोड १३ लाख रुपैयाँ ठगि गरेको, १२ लाख ५० हजारको चेक (अनादर) बाउन्स गरेको तथा भारतीय नागरिक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, रुपन्देही र कपिलवस्तु जिल्ला अदालतमा उजुरी तथा मुद्धा परेको छ । उजुरी लगत्तै पठान भारत पसेको बताइएको छ ।

यस्तो छ पठानले गरेको कागज

मर्यादपुर सीमा क्षेत्र पारीको खुनुवा बजार क्षेत्रमा उनी बस्दै आएको स्थानीय मंगल गुप्ताले जानकारी दिए । वड अध्यक्ष पठानले कपिलवस्तु नगरपालिका ५ का इसहार खाँ संग ३२ लाख रुपैयाँ लिएका थिए । जेसिभी मेशिन किन्ने भन्दै उनले कागज गरेर ३२ लाख लिएको पीडित इसहारको भनाई छ ।अनलाईनडवली

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ