आइजिपी नियुक्तिमा प्रधानमन्त्री र माओवादी मन्त्रीबीच बैठकमै विवाद,प्रचण्ड र ओलीबीच सहमति नहुँदा नियुक्ति टुङ्गो लाग्न सकेन

आइजिपी नियुक्तिमा प्रधानमन्त्री र माओवादी मन्त्रीबीच बैठकमै विवाद,प्रचण्ड र ओलीबीच सहमति नहुँदा नियुक्ति टुङ्गो लाग्न सकेन

  • मङ्लबार, चैत्र २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडौं ,चैत्र २७ ।

सत्तासाझेदार दल एमाले र माओवादी केन्द्रबीच नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षकबारे सहमति हुन नसकेपछि नियुक्ति प्रक्रिया लम्बिएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका मन्त्रीहरुबीच नेपाल प्रहरीको महानिरीक्षकमा डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की मध्ये कसलाई लैजाने भन्नेमा बिबाद भएपछि सहमति हुन नसकेको हो ।

प्रहरी महानिरीक्षकमा देखिएको अन्योलका कारण सशस्त्र प्रहरीको महानिरीक्षक प्रक्रिया समेत लम्बिएको छ । एआईजी शैलेन्द्र खनाल सशस्त्रको महानिरीक्षक बन्ने लगभग पक्का छ ।

नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा हदका कारण भोलिबाट अनिवार्य अवकाश पाउँदैछन् । त्यसअघि नयाँ आइजिपिको टुङ्गो लगाउन तयारी थालेको हो ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को रोजाईमा फरक परेपछि आज विहान बसेको मन्त्रिपरिषद् बैठकबाट आईजीपी नियुक्ति टुङ्गो लाग्न नसकेको स्रोतले जनाएको छ ।

आईजीपी नियुक्ति गर्न केहीबेर अघि प्रधानमन्त्री र गृहमन्त्री रामबहादुर थापाबीच छलफल समेत भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन तथा नियमावलीमा आइजीपी बढुवाका लागि कुनै पनि प्रकारको समिति रहने प्रावधान नरहेपनि गत वर्ष जस्तै आइजिपी बढुवामा विवाद नहोस् भनेर सरकारले सिफारिस समितिका आधारमा आइजीपी बढुवा गर्न लागेको हो ।

सर्वोच्च अदालतले पनि कार्य सम्पादन मुल्याङ्कन फाईललाई आधार बनाएर आईजीपी नियुक्त गर्न दिएको आदेश र प्रहरी नियमावलीको प्रावधानले नियुक्ति प्रक्रियामा झन् अन्यौल बढाएको छ ।

सर्वोच्चले कार्यसम्पादन मुल्याङकनका आधारमा आइजीपी नियुक्ति गर्न सरकारलाई आदेश दिए पनि एक वर्ष पुरा भएपछि मात्र कार्यसम्पादन मुल्याङ्कन नहुने प्रावधान छ ।

खनाल, खरेल र कार्की गत असार ३० गते एसएसपीबाट डीआईजीमा बढुवा भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ