मुख्यमन्त्रीको तलब ६० हजार ९७०:मन्त्री,राज्यमन्त्री र सहायक मन्त्रीको तलब कति ? (सेवा सुविधा सहितको सूची )

मुख्यमन्त्रीको तलब ६० हजार ९७०:मन्त्री,राज्यमन्त्री र सहायक मन्त्रीको तलब कति ? (सेवा सुविधा सहितको सूची )

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

पोखरा, २६ चैत ।

प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री तथा मन्त्रीहरूको सेवासुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको छ ।

प्रदेश ४ का मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९ सय ७० रुपैयाँ कायम गरिएको छ । साथै मन्त्रीहरुको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ मासिक पारिश्रमिक तोकिएको छ ।

प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आजको बैठकले सर्वसम्मत् पारित गरेसंगै मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक र सुविधा तोकिएको हो ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले विधायन समितिको प्रतिवेदनसहितको सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।

यसअघि विधेयकमाथिको छलफलमा प्रदेशसभा सदस्य प्रकाशचन्द्र दवाडीले भूकम्पपीडित अझै पालमुनि बस्न बाध्य भएकाले तिनले भोग्ने गरेका समस्याप्रति गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रस्तुत गरेको मस्यौदा संशोधन समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको पहिलो संशोधन विधेयक पनि सर्वसम्मत पारित भएको छ ।

यसैबीच प्रदेशसभाले प्रदेशसभा नियमावली पहिलो संसोधन गरेको छ । संविधानको धारा १९४ अनुसार प्रदेशसभाले आफ्नो कार्य संचालन, बैठकको सुव्यवस्था कायम राख्न र विभिन्न समितिहरुको गठन, काम, कारवाही र समिति सम्बन्धी अन्य विषय नियमित र प्रभावकारीका लागि नियमावलीको प्रयोग हुनेछ ।

२६ परिच्छेद र २ सय १८ नियम समेटिएको मस्यौदालाई फागुन २५ को प्रदेशसभा बैठकले सर्वसम्मत् पारित गरेको थियो । प्रदेशसभा नियमावली संसोधन मस्यौदा समितिका सांसद कृष्णबहादुर थापाले प्रतिवेदन सहित नियमावली संसोधन मस्यौदा प्रदेशसभा बैठकमा पेश गर्नु भएको थियो ।  प्रदेशसभाको अर्को बैठक यही चैत २७ गते बिहान ११ बजे बस्नेछ ।

मुख्यमन्त्री र मन्त्रीको सुविधा

मुख्यमन्त्री

मासिक ६०९७०, आवास, सवारी साधन, संचार सुविधा मासिक ५ हजार, सवारी ईन्धन मासिक २५० लिटर, अतिथि सत्कार मासिक ४० हजार, स्वदेश भ्रमण दैनिक भत्ता ३००० र विदेश भ्रमण २५० अमेरिकी डलर र स्वकिय सचिव दुई

मन्त्री

मासिक ५२०००, आवास, सवारी साधन, संचार सुविधा मासिक २ हजार, सवारी ईन्धन मासिक १५० लिटर, अतिथि सत्कार मासिक १५००० हजार, स्वदेश भ्रमण दैनिक भत्ता २५०० र विदेश भ्रमण १७५ अमेरिकी डलर र स्वकिय सचिव १ (शाखा अधिकृत)

राज्यमन्त्री

मासिक ४९०००, आवास, सवारी साधन, संचार सुविधा मासिक २ हजार, सवारी ईन्धन मासिक १२५ लिटर, अतिथि सत्कार मासिक १०००० हजार, स्वदेश भ्रमण दैनिक भत्ता २५०० र विदेश भ्रमण १५० अमेरिकी डलर र स्वकिय सचिव १

सहायक मन्त्री

मासिक ४७०००, आवास, सवारी साधन, संचार सुविधा मासिक २ हजार, सवारी ईन्धन मासिक १२५ लिटर, अतिथि सत्कार मासिक १०००० हजार, स्वदेश भ्रमण दैनिक भत्ता २५०० र विदेश भ्रमण १५० अमेरिकी डलर र स्वकिय सचिव १

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ