माओवादी मन्त्रीहरुको प्रचण्डलाई सुझाव: ओली एकलौटि ढंगले चल्दैछ्न, खबरदारी गर्नुस्

माओवादी मन्त्रीहरुको प्रचण्डलाई सुझाव: ओली एकलौटि ढंगले चल्दैछ्न, खबरदारी गर्नुस्

  • सोमवार, चैत्र २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, चैत २६ ।

माओवादी केन्द्रबाट मन्त्री भएकाहरुले प्रधानमन्त्री केपी ओली एकलौटी ढंगले अघि बढेको भन्दै गुनासो गरेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई सामूहिक भेटेर मन्त्रीहरुले प्रधानमन्त्री ओलीको व्यवहार ‘चित्त नबुझेको’ भन्दै यसबिषयमा पार्टीगत रुपमा छलफल गर्न पनि आग्रह गरेका थिए ।

उनीहरुले आफ्नै मन्त्रालयमा सचिव सरुवा गर्दा पनि आफूहरुलाई थाहै नदिइएको भन्दै गुनासो गरेका थिए । प्रधानमन्त्रीय प्रणाली भए पनि गठबन्धन सरकार भएकाले सामूहिक नेतृत्वबाट चल्नुपर्नेमा उनीहरुको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जानुअघि विभिन्न मन्त्रालयका ३० सचिवको सरुवा गर्नुभएको थियो ।

प्रवक्ता पम्फा भुसालले सचिव सरुवा गर्दा मन्त्रीहरुले पनि थाहा नपाएको गुनासो आएको बताउनु भयो ।
मन्त्रीहरुले सचिव सरुवाका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गर्न नेतृत्वको ध्यानाकर्षण गराएको पनि भुषालले बताउनु भयो ।

भेटमा अध्यक्ष दाहाललाई मन्त्रीहरुले आफूहरुले अहिलेसम्म गरेका कामबारे जानकारी गराएका थिए ।

मन्त्रीहरुको गुनासो सुनेपछि अध्यक्ष दाहालले पनि परिणाम ल्याउने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिनुभएके थियो ।

ओली भारत भ्रमणमा गएको बेला गृहमन्त्री रामबहादुर थापाले पनि सचिव सरुवाबारे आफ्ना पार्टीका मन्त्रीहरुसँग छलफल नै गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ