यातनाको क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध अदालतमा मुद्दा दर्ता

यातनाको क्षतिपूर्ति माग्दै प्रहरीविरुद्ध अदालतमा मुद्दा दर्ता

  • आइतवार, चैत्र २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

बाँके,२५ चैत्र । प्रहरीले हिरासतमा शारिरीक तथा मानसिक यातना दिएको भन्दै बाँकेको भुजाईगाँउका एक युवकले आईतबार मुद्दा दायर गरेका छन् । भुजाईगाँउका भुविन थापाले यातनाको क्षतिपूर्तिबापत एक लाख रुपैयाँ क्षतिपूर्ति माग्दै बाँके जिल्ला अदालतमा आज मुद्दा दायर गरेका हुन् ।
मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँके र सोही कार्यालयका असाई राजेन्द्र पुजारालाई विपक्षी बनाइएको छ । फिरादपत्रमा यातना क्षतिपूर्ति मुद्दामा यातनाको कारणले पुग्न गएको क्षति र भविष्यमा पुग्न जाने क्षतिको समेत यथोचित मूल्यांकन र विचार गरी यातनासम्वन्धि क्षतिपूर्ति ऐन २०५३ को दफा ३(१) बमोजिम एक लाख रुपैयाँ अर्थात् हदैसम्मको क्षतिपूर्ति माग गरिएको छ । साथै, कुटपिट तथा यातनामा संलग्न प्रहरी कर्मचारीहरुलाई प्रहरी नियमावली २०४९ बमोजिम हदैसम्मको कारवाहीको माग गरिएको छ । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स)को कानूनी सहयोगमा मुद्दा दर्ता गरिएको थर्ड एलायन्सका नेपालगंज प्रमुख आलम खानले बताउनु भयो । मोबाईल चोरीको अभियोगमा पक्राउ परेका थापालाई हिरासतमा दिइएको यातनाका कारण हिप पुरै निलडाप परेको छ भने हिडडुल गर्न समेत समस्या भएको छ । भने यातनाका कारण, छाती, ढाड र खुट्टामा पनि चोट लागेको छ । मुद्दा दर्ता गराउन थर्ड एलायन्सका प्रमुख आलम खान र अधिवक्ता विश्वजीत तिवारी बाँके जिल्ला अदालत गएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ