विराटनगर, चैत २५ । हिन्दू धर्मगुरु आचार्य श्रीनिवास माथि गोली प्रहार भएको छ ।
विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ ।
आज बिहान तीन बजेतिर शौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो । छातीमा गोली लागेका आचार्य श्रीनिवासको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
जतुवामा आजदेखि सुरु हुने श्रीमद भागवत सप्ताहको तयारी भइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline