भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै हुनुहुन्छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले विहान १० बजेपछि भारतको उत्तराखण्डमा रहेको कृषि परियोजना निर्माणको निरिक्षण गर्दै हुनुहुन्छ ।
उहाँले त्यहाँस्थित कृषि विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ । सो लगत्तै उहाँ नयाँदिल्ली हुँदै ६ बजे स्वदेश फर्कनुहुनेछ । प्रधानमन्त्री ओलीको भ्रमणका नेपालमा नेपाल –भारतबीच १२ वुँदे संयुक्त वक्तव्य जारी भएको छ ।
दुई मुलुकवबीच बहुआयमिक सम्वन्धहरुमाथि बृहत समिक्षा तथा दुवै सरकार, निजी क्षेत्र र जनस्तरमा बढ्दो साझेदारीको स्वागत गर्दै समानता आपसी विश्वास सम्मान र लाभका आधारमा दुई पक्षीय सम्वन्धलाई नयाँ उचाईमा पुर्याउन मिलेर काम गर्ने सहमति भएको छ ।
यस्तै भ्रमणका क्रममा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकीको उद्घाटन भएको छ भने दुवै देशका प्रधानमन्त्रीद्वारा मोतिहारी अमलेखगञ्जको अन्तरदेशीय पेट्रोलियम पाईपलाईनको शिलान्यास भएको छ । नेपालमा रहेका दुईपक्षीय नयाँ तथा पुराना परियोजनालाई अघि वढाउने पनि सहमति भएको छ । दुई मुलुकबीच खासगरि कृषि क्षेत्रमा नयाँसाझेदारी, रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग विस्तार तथा नेपाल भारतवीच जलमार्ग बनाउने विषय समेत ठोस सहमति भएको छ ।