काठमाण्डौ , २४ चैत ।
नेकपा सहितका चार पार्टीका नेताहरुले राष्ट्रयता र जनविजीकाको रक्षा जनसत्ताले मात्रै गर्न सक्ने बताएका छन् ।
काठमाण्डौको शान्तिबाटीकामा आज आयोजित चार पार्टीको संयुक्त कार्यक्रममा बोल्दै नेताहरुले राजतन्त्रको अन्त्यपछि मुलुकमा जन्मिएका नव दलालहरुले फेरी अर्को राष्ट्रघात गर्न खोजेको भन्दै त्यसतर्फ सचेत रहन पनि जनतालाई आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष रिषि कट्टेलले ठुलो वलिदानबाट राजतन्त्र फालेपनि मुलुकमा धेरै नव सामन्तहरुको जन्म हुनुले क्रान्ति अधुरो रहेको प्रष्ठ भएको बताउनु भयो ।
संसदबादी दलहरुले तानाशाही सासन चलाउन खोजेको भन्दै कट्टेलले भन्नुभयो , वर्तमान सरकारले लोकतन्त्र भनेर पञ्चायती शैलीमा राज्य आतंक मच्चाईरहेको छ ।
गणतन्त्र र राजतन्त्रको भिन्नता नदेखिएको भन्दै उहाँले फेरी अन्तिम युद्ध जरुरी रहेकोले नव सामन्तीबाट जनतालाई मुक्ति दिलाउन चार पार्टीले क्रान्तिको विगुल फुकीसकेको बताउनु भयो ।
अपर कर्णली , अरुण तेस्रो र पञ्चेश्वर आयोजना भारतले बनाएमा नेपालको पानी र विजुली कब्जा गर्न भारत सफल हुने भएकाले यो राष्ट्रघाती सम्झौता खारेज गराएरै छाड्ने बताउनु भयो ।
जलश्रोतमाथि हुने राष्ट्रघात रोक्नु नेपालीको जीवन मरणको सवाल भएकाले फेरी एकपटक वलिदान दिन सबै तयार हुन पनि कट्टलले आह्वान गर्नुभयो ।
अर्को प्रशंगमा उहाँले एमाले माओवादी केन्द्रको एकताले जनताको अवस्था परिवर्तन नहुने ठोकुवा गर्दै नव कागं्रेसीहरुको जन्म हुने बताउनु भयो ।
नेकपा क्रान्तिकारी माओवादीका स्थाई समिति सदस्य रामसिंह श्रीसले राष्ट्रियता रक्षाका लागि देशभित्रकै दलालहरुसँग लड्नु पर्ने बताउनु भयो ।
त्यसका लागी जनसत्ता निर्माण पहिलो प्राथमिकता भएको बताउनु भयो ।
महङगी , बेरोजगारी, भ्रष्ट्रचार जस्ता कारणले मुलुक आक्रान्त भइरहेकाबेला दलालहरुले सत्ता टिकाउन नेपालको जलश्रोत नै भारतलाई सुम्पिएर अर्को राष्ट्रघात गर्ने तयारी गरिरहेको बताउनु भयो ।
अरुण तेस्रो जलविद्युत आयोजना नेपालको पानी कब्जा गर्ने र नाफा कमाउने उदेश्यले भारतले बनाउन खोजेकोले उक्त राष्ट्रघाती सम्झौता खोरज गरि नेपाल आफैले बनाउनु पर्नेमा जोड दिनुभयो । आयोजनाको शिलान्यास तत्कालका लागी स्थगित हुँदैमा चुप लागेर बस्न सक्ने अवस्था नरहेको नेता श्रीसको भनाई छ ।
यस्तै नेकपाका पोलिटव्युरो सदस्य अनिल शर्माले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको कुरा गर्दा राज्यले आत्रक मच्चाएको देख्छ र दमन गर्छ भने त्यसका बिरुद्ध जस्तो सुकै कदम चाल्न आफ्नो पार्टी तयार रहने चेतावनी दिनुभयो ।
नेकपाका नेताका बिरुद्ध वारेन्ट जारी गर्ने ओली प्रचण्डलाई पनि जनअदालतले हिरासतमा पुर्याउने चेतावनी दिँदै उहाँले भन्नुभयो , विगतमा राजाका बिरुद्ध यीनै दालाल नेताहरुले बम बर्साएका थिए अहिले हामिले नव सान्तीको अन्त्यका लागी त्य कदमलाई दोहोर्याउदै छौ ।
उहाँले लोकतन्त्रको रक्षाका लागी जनताले अहिलेको संबिधानलाई च्यातेर ध्वस्त पारिदिने भन्दै कम्युनिष्ट नामधारी अहिलेको दलालका बिरुद्ध क्रान्ति अघि बढाउन तयार रहेको पनि बताउनु भयो ।
यस्तै कार्यक्रममा मसालका प्रवत्ता रामप्रकाश पुरीले अरुण तेस्रोको सम्झौता कार्यान्वयन भए मुलुकमा अर्को राष्ट्रघातको श्रीङखला सुरु हुने चेतावनी दिनुभयो ।
प्रवत्ता पुरीले सडकमा रहदा राष्ट्रियताको मुद्धा उठाउने तर सत्तामा पुगेपछि तीनै नेताले राष्ट्रघात गर्ने गरेको भन्दै फेरी पनि यस्तो हुन विडम्बना हुने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी, नेकपा (मसाल), र ऋषि कट्टेल नेतृत्वको नेकपाले अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पिनि सतलजलाई दिने राष्ट्रघाति सम्झौता खारेज गर्न माग गर्दै आज संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

