महोत्तरी २४ चैत, ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालको धार्मिक सांस्कृतिक पहिचानमाथि आक्रमण भैरहेको भन्दै अब नेपाली जनता चुप लागेर नबस्ने बताउनु भएको छ ।
सरकारले हालै बिदा कटौतीको कार्यले धार्मिक सास्कृतिक पहिचानमाथि आघात पुगेको थापाको भनाई छ ।
महोत्तरीको बर्दिवासमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले पटक–पटक हिन्दुधर्ममाथि योजनावद्ध र संगठित रुपमा विभिन्न पक्षबाट आक्रमण भएको बतााउनु भएको छ ।
यसमा केही राजनितीक दल, गैरसरकारी संस्था, नागरिक समाज र आमसञ्चारसमेत लागेको भन्दै यसले देशमा धार्मिक सामाजिक अवस्था खल्बलिनेतर्फ सरकार सचेत गर्दै देश डरलाग्दो धार्मिक द्वन्द्वमा फस्ने खतरा बढेकोे उहाको भनाई थियो ।
आफ्नो कुनै धर्मप्रति वितृष्णा नरहेको साथै हिन्दु धर्मको रक्षा आफूहरुको कर्तव्य भएको र राज्यको पनि जिम्मेवारी भएको अध्यक्ष थापाले बताउनु भयो ।
राष्ट्रिय धार्मिक सांस्कृतिक पहिचानको संवेदनशीलतालाई ख्याल नै नगरी सरकारले बिदा कटौती गरेर सुझबुझ नदेखाएको थापाको आरोप छ ।