प्रधानमन्त्री ओली र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच भेटवार्ता

  • शनिबार, चैत्र २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौ ,२४ चैत्र ।
भारतको तीन दिने राजकीय भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भएको भेटवार्तामा राष्ट्रपति कोविन्दले शान्त, समृद्ध नेपाल भारतको चाहना भएको बताएका बताउनुभएको छ ।

नेपालको प्रधानमन्त्री पदमा निर्वा्चित भएकोमा प्रधानमन्त्री ओलीलाई बधाई दिदै राष्ट्रपति कोविन्दले नेपालको विकास हेर्ने चाहना रहेको धारणा व्यक्त गर्नुभएको थियो ।

उहाँहरुबीच द्विपक्षीय चासो र हितका विषयमा पनि छलफल भएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो । सो क्रममा राष्ट्रपति कोविन्दले नेपालका समकक्षी बिद्या देवि भण्डारीलाई भारत भ्रमणको निम्तो समेत दिनुभएको सचिव बैरागीले बताउनु भयो ।

यसअघि आजै राष्ट्रपति भवनमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनरबाट सम्मान गरिएको छ । सम्मान ग्रहण लगत्तै सन्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उहाँले दुई देशबीचको मित्रवत सम्बन्ध जनचाहना अनुसार अघि बढ्ने बताउनु भयो ।

यस क्षेत्रको जनताको जीवनस्तर उकास्न मिलेर काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकार र जनस्तरमा विद्यमान दुई देशबीचको मित्रवत् सम्बन्ध विकास र विस्तारमा योगदान र्पुयाउन आफू भारत भ्रमणमा आएको बताउनुभयो ।

भ्रमणका अवसरमा भारत सरकार र निजी क्षेत्रसँग छलफल भइरहेको बताउँदै उहाँले आफ्नो भ्रमण फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारत सरकारका तर्फबाट प्रधानमन्त्री ओलीलाई सम्मान दिइएको हो ।

यसैबीच प्रधानमन्त्री ओली र समकक्षी नरेन्द्र मोदीसँग आजै औपचारिक भेटवार्ता हुदैछ । यसअघि हिजै वान टु वान वार्ता गर्नुभएका दुई प्रधानमन्त्रीले आज दुवै देशका प्रतिनिधिमण्डलसहित छलफल गर्न लाग्नु भएको हो ।

दुई प्रधानमन्त्रीबीच हिजो भएको वार्ता विकासमा साझेदारी गर्ने सम्बन्धमा छलफल भएको र आज यिनै विषयमा थप छलफल हुने जनाइएको छ ।

वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीसहित उहाँका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, मुख्य सचिव लोकदर्शन रेग्मी लगायत सहभागी हुनुहुनेछ ।

भारतीय प्रधानमन्त्रीसँगको भेटमा नेपालले यसअघिका सम्झौताको कार्यान्वयनको विषयलाई जोड दिने तयारी गरेको छ । त्यसअघि उहाँले महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुगेर माल्यार्पण गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ