प्रधानमन्त्री ओलीले भोली राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता गर्ने

प्रधानमन्त्री ओलीले भोली राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता गर्ने

  • शुक्रबार, चैत्र २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, २३ चैत ।
प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुग्नु भएको छ ।

नेपाल वायुसेवा निगमको चार्टर विमानबाट ४५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बिहान पौने ११ बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल पुग्नु भएको हो ।

प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको भ्रमण दलमा पत्नी राधिका शाक्य, भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत सहभागी हुनुहुन्छ ।
अजरवैजानमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र केही परराष्ट्रअधिकारीहरु भने उतैबाट दिल्ली पुग्नु हुनेछ ।

आजै साँझ दिल्लीमा नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले भोली मात्र राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणको दोस्रो दिन भोली बिहान राष्ट्रपति राजनाथ कोविन्द, बिदेशमन्त्री सुस्मा स्वराजसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने प्रधानन्त्री ओलीले बिहान साढे ११ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ ।

दुई समकक्षीबीच पटक पटक गरी करिब तीन घण्टा भेट हुने गरी परराष्ट्रमन्त्रालयले तालिका सार्वजनिक गरेको छ ।

सामुहिक तथा एकल भेटवार्तापछि संयुक्त वक्तव्य जारी गर्दै दुवै मुलुकका प्रधानमन्त्रीले वीरगञ्ज रक्सौलमा एकीकृत भन्सार चौकीको उद्घाटन दिल्लीबाटै गर्नु हुनेछ । भोली नै अपरान्ह चार बजे पछि प्रधानमन्त्री ओलीले भारतीय नेताहरुसँग छुट्टाछुट्टै तथा सामुहिक भेतवार्ता गर्नुहुनेछ ।

पर्सि बिहान पट्नागरमा जीपी पन्त कृषि तथा प्रविधि विश्वविद्यालयको अवलोकन गर्ने प्रधानमन्त्री ओली साँझ ६ बजे काठमाडौं फर्कनु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ