काठमाडौं, २२ चैत । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल), नेकपा क्रान्तिकारी माओवादी र ऋषि कट्टेल नेतृत्वको नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई लिएर संयुक्त संघर्ष थाल्ने निर्णय गरेका छन ।
चारै पार्टीका शिर्ष नेताहरुको संयुक्त बैठकले संयुक्त रुपमा संघर्ष थाल्ने निर्णय गरेको हो ।
साथै नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने आधार तयार पार्न थप भएको छ ।
बैठकपछि नेकपाका अध्यक्ष ऋषि कट्टेल , नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड , नेकपा क्रान्तिकारी माओवादीका महासचिब किरण र नेकपा (मसाल)का महामन्त्री मोहनबिक्रम सिंहको संयुक्त हस्ताक्षर रहेको बिज्ञप्ती जारी गरि संयुक्त संघर्षका साथै एकताका लागी बृहत छलफल चलाउने निर्ण गरेको जनाईएको छ ।
संघर्षका कार्यक्रमहरुमा प्रधानमन्त्री केपीओलीको आन्न भारत भ्रमण अगाडि नेपाल भारत बीचमा भएका राष्ट्हित विपरितका सबै असमान सन्धि सम्झौताहरु कार्यान्वयन गर्ने कुराको घोर बिरोध गर्ने , अरुण तेस्रो जलबिद्युत परियोजनाको दिल्लीबाट नेपाल भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा शिल्यानाश गर्ने कुराको काठमाण्डौमा संयुक्त रुपमा बिरोध गर्ने रहेको छ ।
यस्तै चार पार्टीको आयोजनामा आगामि बैशाख ३ गते राष्ट्यिता सम्बिन्धी अन्तरक्रियात्मक गोष्ठी गर्ने र सरकारले शान्तिपूर्ण संगठन, भेला र संघर्षमा दमन गरेकोमा त्यसको बिरोध र भत्सना गर्ने पनि चार पार्टीले जनाएक छन् ।
