प्राविधिक विषयमा सहमतिका लागि वाम एकता संयोजन समितिको बैठक आज बस्दै

प्राविधिक विषयमा सहमतिका लागि वाम एकता संयोजन समितिको बैठक आज बस्दै

  • बिहिबार, चैत्र २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौं, चैत २२ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कार्यदलले मिलाउन नसकेका प्राविधिक विषयमा सहमतिको प्रयास हुने बताइएको छ ।
कार्यदलमा एकीकृत पार्टीको चुनाव चिह्न र विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने या नराख्ने भन्ने विषयमा कुरा मिलेको छैन । संयोजन समितिको बैठकमा विशेष गरी यिनै दुईवटा विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै यी विषयलाई टुंगो लगाउने प्रयास नेताहरुले गरेका हुन् । एकता संयोजन समितिको आजको बैठकमा प्राविधिक विषयहरुमा सहमति जुटेमा पार्टी एकता घोषणा तयारी समिति गठन गर्ने नेताहरुले बताएका छन् ।
एमाले र माओवादीका नेताहरुले नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी बैशाख ९ गते पार्टी एकता घोषणा गर्ने बताएका छन् । पार्टी एकताको निर्णय अनुमोदन गर्न एमालेले बैशाख ६ गते पोलिटब्यूरो र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ