भारत भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल: यस्ताे छ पूर्वप्रधानमन्त्री, प्रवुद्ध बर्ग र परराष्ट्रविद्हरुकाे सुझाव ?

भारत भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल: यस्ताे छ पूर्वप्रधानमन्त्री, प्रवुद्ध बर्ग र परराष्ट्रविद्हरुकाे सुझाव ?

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं चैत्र २१ ।

पूर्वप्रधानमन्त्री, प्रवुद्ध बर्ग र परराष्ट्रविद्हरुले विगतमा भारतसँग भएका द्विपक्षीय सम्झौता कार्यान्वयनलाई आफ्नो भ्रमणको मुख्य एजेण्डा बनाउ प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे सुझाव दिन आज आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा उनीहरुले पुराना सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।

उनीहरुले पुराना सम्झौतामा समस्या देखिएको बेला नयाँ सम्झौता नगर्न पनि सुझाव दिएका छन् । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणलाई सद्भावना भ्रमणका रुपमा लिन आग्रह गर्दै प्राप्त सुझावलाई गम्भिरतापूर्वक लिएको बताएका थिए ।

बैठकपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्न प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्रीहरुले सुझाव दिएको बताउनु भयो ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, लोकेन्द्रबहादुर चन्दलगायतको सहभागीता थियो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भने बैठकमा सहभागी हुनुभएन ।

छलफलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रवुद्ध वर्गका सदस्य तथा परराष्ट्र मामिलाका जानकार भेषबहादुर थापा, निलाम्बर आचार्यलगायतको पनि सहभागीता थियो ।

भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले विगतका अनुभव आदानप्रदान गर्न पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भारतभ्रमण नेपाल भारत सम्बन्धलाई थप मजबुद बनाउन तर्फ केन्द्रित हुने बताउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले नयाँ सम्झौता गर्नेभन्दा पनि यसअघि भएका सन्धि–सम्झौता कार्यान्वयनमा विशेष जोड दिइने बताउनु भयो ।

प्रधानमन्त्री ओली आगामी शुक्रबार पहिलो बिदेश भ्रमणका रुपमा भारत जादै हुनुहुन्छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदी लगायत उच्च पदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले भारत भ्रमण विगतका सम्झौता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने भन्दै कुनै किसिमका गलत सहमति नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ