एमालेसँग भौतिक मिलन हैन रसायनिक मिलन खोजिएको हो : माओवादी

एमालेसँग भौतिक मिलन हैन रसायनिक मिलन खोजिएको हो : माओवादी

  • बुधबार, चैत्र २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं चैत्र २१ ।
एमालेसँगको एकता प्रक्रिया, पार्टी विधान संशोधन लगायत विषयमा छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक अहिले बसिरहेको छ ।
सिंहदरवारस्थित पार्टी संसदीय दलको कार्यलयमा जारी बैठकमा पछिल्लो समसामायिक राजनीति र विधान संशोधनबारे छलफल हुने नेता अग्नि सापकोटाले जानकारी दिनुभयो ।
आगामी वैशाख ९ गते पार्टी एकीकरणको तयारी भएपनि माओवादी केन्द्रले सम्मानजनक हैसियतमा पार्टी एकिकरण हुनुपर्ने बताउँदै आएको छ ।
नेता सापकोटाले तत्कालिन समयमा चुनाव जित्ने आधारमा ६०–४० को भागवण्डा भनिएपनि अव त्यो सिद्धान्तले काम नगर्ने प्रष्ठ पार्नुभयो ।
उहाँले दुई पार्टीवीच भौतिक मिलन हैन रसायनिक मिलन खोजिएको बताउनु भयो ।
राजनीतिक कार्यदलसँगै विधान र संगठनात्मक कार्यदलले तयार पारेको एकता प्रतिवेदनको खाका बारेमा पनि आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । पार्टीको विधान संशोधनको विषयमा समेत संसदीय दलको वैठकमा छलफल हुने नेता सापकोटाले बताउनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ