काठमाडौं, चैत २१ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणबारे आज पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्दै हुनुहुन्छ ।
भारत भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्री ओलीले विगतका अनुभव आदानप्रदान गर्न पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लाग्नुभएको हो ।
अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, शेरवहादुर देउवा, खिलराज रेग्मी लगायत सहभागि हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली आगामी शुक्रबार पहिलो बिदेश भ्रमणका रुपमा भारत जादै हुनुहुन्छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदी लगायत उच्च पदस्थ व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले भारत भ्रमण विगतका सम्झौता छिटो कार्यान्वयन गर्नेमा केन्द्रित हुने भन्दै कुनै किसिमका गलत सहमति नगर्ने प्रतिवद्धता जनाउनुभएको छ ।