प्रधानमन्त्रीले आज संसदमा विषेश सम्बोधन गर्ने:पहिलो अधिवेशन अन्त्य हुने सम्भावना

प्रधानमन्त्रीले आज संसदमा विषेश सम्बोधन गर्ने:पहिलो अधिवेशन अन्त्य हुने सम्भावना

  • मङ्लबार, चैत्र २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ ,२० चैत्र ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विषेश सम्बोधन गर्नुहुने भएको छ । भारत भ्रमणका क्रममा उठाइने एजेण्डा तथा दुई मुलुकबीच हुने सहमतिको विषयमा प्रधानमन्त्री ओलीले सदनमा जानकारी गराउन लाग्नुभएको हो ।

प्रधानमन्त्रीले वैदेशिक भ्रमण गर्नुअघि सदनलाई जानकारी गराउने परम्परा अनुरुप प्रधानमन्त्रीले आफ्नो भ्रमणका विषयमा प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने तयारी भएको संघिय संसदको सचिवालयले जनाएको छ ।

संसद्का अघिल्ला बैठकहरूमा पाकिस्तानका प्रधानमन्त्रीको नेपाल भ्रमणको विषयमा प्रश्न उठेकाले त्यस विषयमा समेत उहाँले सदनलाई जानकारी गराउन लाग्नु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे तयारी भएको छ । प्रधानमन्त्री ओलीले सरकार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा आगामी चैत २३ देखि भारतको तीनदिने राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको सम्बोधनपछि आजै अघिल्ला सरकारले अध्यादेश मार्फत पारित गरेका दुई विधेयकलाई स्वीकृत गर्ने तयारी समेत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै बस्दैछ । अपरान्ह ४ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश स्वीकृत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

आजै संघीय संसदको पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ