काठमाडौ चैत्र १९ ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले आफ्नो भारत भ्रमण अघि नै पार्टी एकता हुन सक्ने बताउनु भएको छ ।
आज एमाले पार्टी कार्यलयमा पत्रकार तथा लेखक कमल कोइरालालाई मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्दै ओलीले पार्टी एकता हतार या ढिलो नगरी उपयुक्त समयमा गर्ने बताउनु भएको हो ।
फरक प्रशंगमा प्रधानमन्त्री ओलीले बाम गठबन्धनको सरकार बनेपछि काँग्रेस र उसका नेताहरुमा जलन भएको उहाको भनाई छ ।
नेपालको विकासमा छिमेकीलाई समेत साथ लिएर अघि बढ्ने योजना सरकारको रहेको प्रधानमन्त्रीले ओलिको भनाई थियो । कार्यक्रममा पत्रकार कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ नगदसहति सम्मान गरिएको थियो ।
सम्मानित कोइरालाले आफुले पाएको सम्मानको रकम बाराका पत्रकार स्व.वीरेन्द्र साहकी श्रीमति उमारावती साहलाई हस्तानतरण गर्ने घोषणा गरेका थिए ।