प्रधानमन्त्री ओलीले विप्लवसँग हप्तामा दुई पटकसम्म भट्‍ने गरेको खुलासा ! नेकपा नेता भन्छन् , ‘हिजो सत्ताबाहिर रहँदा विप्लव गुहार्ने , अहिले मजाक उडाउने ?’

प्रधानमन्त्री ओलीले विप्लवसँग हप्तामा दुई पटकसम्म भट्‍ने गरेको खुलासा ! नेकपा नेता भन्छन् , ‘हिजो सत्ताबाहिर रहँदा विप्लव गुहार्ने , अहिले मजाक उडाउने ?’

  • आइतवार, चैत्र १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका  पाेलिटव्युराे सदस्य जीवन्तले शनिबार प्रधानमन्त्री केपी अाेलीले दिएकाे अभिव्यक्तिमा सामान्य नैतिकता पनि नभएकाे भन्दै घाेर अापत्ति प्रकट गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई हप्ताको दुई पटकसम्म भेट्‍ने गरेको खुलासा गर्दै  अहिले सरकारमा अाइसकेपछि जाे पायाे त्यही बाेल्ने अाेलीमा राजनीतिक नैतिकता र संस्कार नभएकाे बताएका छन् ।

अाफ्नाे पार्टी नेकपा महासचविव विप्लवकाे नेतृत्वमा अर्काे बलिदान गर्न तयार रहेकाे शक्तिलार्इ ख्यालठट्टा नगर भन्दै त्यसकाे जबाफ समय राम्राेगरी दिने नेता जीवन्तकाे भनार्इ ।

जतिबेला केपी पहिलाेपटक प्रधानमन्त्री भएकाे दिल्लीले अाफ्नाे सत्ता खाेसेकाे भन्दै राेइकरार्इ गर्थे, त्याे बेला उनले अाफ्नाे पार्टीकाे अान्तरिक कार्यक्रमहरमा विप्लव एउटा देशभक्त नेता भनेर प्रशिक्षण दिन गर्थे । तर अहिले ठीक विपरित बाेलेकाे नेता जीवन्तकाे भनार्इ छ ।

सामाजिक संजालमा फेसबुकमा नेकपाका पीवीएम जीवन्तले अमर केसीकाे नामबाट यस्ताे प्रतिक्रिया दिएका हुन् ।

 

उनकाे फेसबुकमा लेखिएकाे कमेन्ट स्टाटस यस्ताे छ –

ओलीमा सामान्य नैतिकता पनि छैन । सत्ता बाहिर हुँदा ओली विप्लवलाई उच्च राष्ट्रिय सोँच भएको नेता मान्दै हप्ताको २ पटक भेट्ने गर्थे। राजनैतिक नैतिकता र संस्कार भए यो हदसम्म गिर्न नहुने। बलिदानको लागि तयार भएको शक्तिलाई बदनाम गर्ने धृष्टता नगर। इतिहास निर्मम हुने कुरा ख्याल गर ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ