२ नम्बर प्रदेश प्रति पूर्वाग्रह राखे केन्द्र सरकारलाई कर रोक्ने यादवको चेतावनी

२ नम्बर प्रदेश प्रति पूर्वाग्रह राखे केन्द्र सरकारलाई कर रोक्ने यादवको चेतावनी

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

सप्तरी , १७ चैत ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशको विकासका लागि केन्द्रबाट समुचित बजेट नआए प्रदेशबाट केन्द्रीय सरकारलाई जाने बजेट रोक्ने चेतावनी दिनु भएको छ ।

मुस्लिम समाज नेपालद्धारा आज सप्तरीको राजविराजस्थित रहमतपुरमा आयोजित सम्मान कार्यक्रममा यादवले केन्द्रीय शासनमा रहेकाहरु २ नम्बर प्रदेश प्रति पूर्वाग्रही रहेको आरोप लगाउनु भयो ।

२ नम्बर प्रदेशको विकासका लागि केन्द्र सरकारले उचित बजेट दिन आनाकानी गरिरहेको भन्दै उहाँले केन्द्र सरकारले विशेष प्याकेजको ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबावु राउतले २ नम्बर प्रदेश गरिब, बेरोजगारी, अशिक्षा, पिछडापन लगायतका समस्याले ग्रसित रहेको बताउनुभयो ।

उहाँले यो प्रदेशलाई सुशासित, समृद्ध र विकसित बनाउनु चुनौती र अवसर दुबै भएको बताउनुभयो ।

प्रदेशका भूमि ब्यवस्थापन तथा कृषि मन्त्री शैलेन्द्रप्रसाद साहले जनसंख्याका आधारमा सबैको प्रतिनिधित्वको ग्यारेन्टीका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताउनुभयो ।

कार्यक्रममा मुस्लिम समाज नेपाल सप्तरीले यादव, राउत र साहलाई सम्मान समेत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ