काँग्रेस बैठक अर्को सूचना जारी नभएसम्मका स्थगन

काँग्रेस बैठक अर्को सूचना जारी नभएसम्मका स्थगन

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

 

काठमाडौँ, १७ चैत ।

निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ ।
पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएकामा उहाँप्रति सम्मान प्रकट गर्दै भोलिका लागि निर्धारित बैठक स्थगन भएको हो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज राति नेता खड्काको शव राजधानी ल्याइनेछ भने भोलि बिहान ९ बजेसम्म सानेपास्थित उहाँकै निवासमा राखिनेछ । बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । अपराह्न १ बजेपछि नेता खड्काको आर्यघाटतर्फ शवयात्रा प्रारम्भ हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ