विगतको सरकारले राईलाई राम्रोसँग चिन्न सकेन : शेरधन

विगतको सरकारले राईलाई राम्रोसँग चिन्न सकेन : शेरधन

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाण्डौ , १७ चैत ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विगतको सरकारले राईलाई राम्रोसँग चिन्न नसकेको भन्दै अबको संघीय लोकतान्त्रिक सरकारले चिन्ने बताउँनु भएको छ ।

आज १०९औँ रामप्रसाद राई जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले विसं २००७ मा पु¥याएको योगदानका आधारमा राज्यले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नयाँ नेपालमा राईजस्ता योद्धाको सम्मान गरिने भन्दै मुख्यमन्त्री राईले प्रदेश मन्त्रिपरिषद् बैठकले राईको जन्मथलोलाई नमूना गाउँ बनाउने निर्णय गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विसं २००७ को परिवर्तन ल्याउनका लागि रामप्रसाद राईले पूर्वबाट महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुभयो ।
रामप्रसाद राई विसं १९६५ फागुन ८ गते भोजपुरमा जन्मिनुभएको थियो । उहाँ विसं २००८ सालमा बेपत्ता हुनु भएको थियो । विभिन्न अध्ययनले उहाँको राज्यपक्षबाट हत्या भएको देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ