जनप्रतिनिधिसँग प्रधानमन्त्री ओली: सिंहदरबारका अधिकार गाउँमा पुग्यो ?

जनप्रतिनिधिसँग प्रधानमन्त्री ओली: सिंहदरबारका अधिकार गाउँमा पुग्यो ?

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं ,१७ चैत ।
प्रधानमन्त्री केपी ओलीले जनताले महसुस गर्ने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंहदरबारका अधिकार गाउँमा पुगेको जनताले अनुभुति गर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
स्थानीय तह सफल भए मात्र देश सफल हुने भन्दै उहाँले राजनीतिक नेतृत्वले सिंहदरबारका अधिकार गाउँमा पुगे भने पनि जनताले महसुष गरे कि गरेनन् भन्ने कुरा महत्वपूर्ण हुने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो , यसपाली हामीले सरकारका अधिकारको बाँडफाँडको नयाँ अभ्यास गरेका छौं, यसलाई सफल बनाएर जनतालाई संघीयताको सकारात्मक सन्देश दिनुपर्छ ।

स्थानीय तहमा युवा र महिला जनप्रतिनिधीको संख्या उल्लेख्य भएकाले धेरै काम हुनेमा आफू आशावादी रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

अधिकांश जनप्रतिनिधि युवा र महिला रहेकाले स्थानीय तहको विकास हुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधीलाई भ्रष्टाचारबाट टाढै रहन निर्देशन पनि दिनु भएको छ । भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले टाढाबाट हेर्दा मात्र नभएर नजिकबाट हेर्दा पनि दाग नदेखिनेगरि काम गर्न निर्देशन दिनुभयो ।

उहाँले स्थनीय तहमा भएको कर्मचारीको अभाव चाँडै पुरा गरिने प्रतिबद्धता समेत जनाउनु भयो ।
सरकारले कर्मचारी समायोजनको काम अघि बढाई सकेकाले केही समयभित्रै स्थानीय तहमा कर्मचारी पुग्ने उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ