काग्रेस बैठकको बिहिवार दृश्य फेरीयो : देउवाको बचाऊ राजनीति, भोली पुनः बैठक बस्ने

काग्रेस बैठकको बिहिवार दृश्य फेरीयो : देउवाको बचाऊ राजनीति, भोली पुनः बैठक बस्ने

  • बिहिबार, चैत्र १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ , १५ चैत ।

प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजय तथा आगामी रणनीति तय गर्न गत शुक्रबारदेखि जारी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुबीच नै आरोप प्रत्यारोको श्रीङखला चलिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा बोल्ने सदस्यहरुले पार्टी सभापति शेरबहादुर देउवाको बचाउ गरेका छन् ।

बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवाको चर्को आलोचना गर्दै आएका थिए । तर आजको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले भने सभापति देउवाको बचाऊ गरेका छन् ।

आजको बैठकमा नेताहरु रमेश रिजाल, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, ज्ञानेन्द्र कार्कीलगायतले धारणा राखेका थिए ।

निर्वाचनमा भोग्नुपरेको पराजय र भावी रणनीतिका विषयमा धारणा राख्नेक्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आजसम्म ३८ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् भने करिब तीन दर्जन केन्द्रीय सदस्यले बोल्न बाँकी रहेको पनि शर्माले जानकारी दिनुभयो ।

बैठक भोली बिहान ११ बजे पुन बस्ने छ ।

यसैबीच आजको बैठकमा केन्द्रीय सदस्यहरुले शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता व्यतm गरेका छन । केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार ओरालो लाग्नु सुखद् नभएको बताउनु भएको थियो ।

अर्का नेता डा रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ