काठमाडौं, चैत १५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले कुरा मात्र नभई कामै गरेर देखाउने बताउनु भएको छ ।
भगवान श्री महावीरको २६१७ औं जन्मजयन्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यसका लागि समाजमा शान्ति सुव्यवस्था र सुशासन जरुरी पर्ने भएकाले सरकार त्यसैतर्फ केन्द्रित रहको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले जनताको इच्छा र चाहना अनुसार संविधान र सरकार बनेको भन्दै अब वादविवादमा मात्रै समय खेर नफाली दिगो शान्ति, समृद्धि र विकासको लक्ष पूरा गर्न सरकार लाग्ने प्रतिवद्धता व्यतm गर्नुभएको छ ।
समाजलाई भड्काएर कुबाटोमा लगाउने कसैलाई पनि छुट नदिईने उहाको भनाई छ ।
कार्यक्रममा नेपाली कांग्रसका नेता गगन थापाले यतिबेला धर्म र जातको विषय उचालेर नेपाली लाई उत्तेजित बनाउने तत्व सक्रिय भएकाले सचेत रहन सबैमा अपील गर्नुभएको थियो ।
कार्यक्रममा भगवान महावीरको दिव्य सन्देशबारे चर्चा समेत गरिएको थियो ।