स्थानीयको प्रतिवादपछि प्रकाण्डको घरमा वारेन्ट पूर्जी टाँस्न सरकारी टोली असफल

स्थानीयको प्रतिवादपछि प्रकाण्डको घरमा वारेन्ट पूर्जी टाँस्न सरकारी टोली असफल

कर्मचारीसहित प्रहरी टोली फिर्ता भयो

  • बिहिबार, चैत्र १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

१६ चैत
काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट पूर्जी टाँस्न पुगेको सरकारी टोलीलाई स्थानीयले प्रतिवाद गरेर लखेटेका छन् । कालिकोट जिल्लाको माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा बिहीबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट सरकारी कर्मचारीसहित प्रहरीको एक टोली पुगेको थियो ।

टोलीले घरमा पुगेर प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँस्न खोज्दादेखि नै घरपरिवार र स्थानीयसँग विवाद भएको थियो । अन्तिमसम्मा प्रहरीले जबर्जस्त गरेको भन्दै स्थानीय र घरपरिवारले प्रतिवाद गरेपछि पूर्जी नटाँसिकनै टोली फिर्ता भएको छ । विवाद झण्डै डेढ घण्टा चलेको बताइएको छ ।

परिवार स्रोतले दिएको जानकारी अनुसार टोली भोजपुर जिल्ला अदालतबाट गत पौष महिनामा भएको आदेशबमोजिम पक्राउ पूर्जी टाँस्न प्रहरीको टोली आएको हो । एकीकृत जनक्रान्तिको नीतिअनुरुप प्रतिवाद गरिएको प्रतिवादमा सहभागीहरुले बताएका छन् ।


ओली सरकारले नेकपाका कार्यकर्तादेखि उच्च नेतहरुलाई निगरानीमा राख्ने र गिरफ्तार गर्ने कार्यलाई निरन्तर दिँदै आइरहेको छ । अझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपाका गतिविधि र शक्तिबारे सुरक्षा निकायसँग तीन दिने रिपोर्ट माग गरेको केही दिन नबित्दै पूर्वमन्त्री समेत रहेका प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँसको प्रयास भएको हो ।

यसैबीच हिजो मात्र नेकपाले पनि प्रधानमन्त्री र केपी शर्मा ओली र माकेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रघात र जनघात गरेको विषय खुलाएर जवाफ दिनका लागि पन्ध्र दिनभित्र ‘जनअदालत’मा उपस्थित हुन ओलीको झापास्थित घर र प्रचण्डको चितवनको भरतपुर महानगरपालिक–१४ स्थित घरमा वारेन्ट पूर्जी टाँसेको छ । जसबारे दुवै नेताले अहिलेसम्म कुनै प्रतिक्रया दिएका छैनन् ।

नेकपा र सरकार दुवै पक्ष एकले अर्काविरुद्ध दोहोर पूर्जी टाँस्ने कदमले राजनीतिक रुपमा नयाँ तरंग ल्याइदिएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ