अर्थमन्त्रीको घरमा मेयरले यसरी लगाए डोजर, स्थानीय भन्छन् – बल्ल खाइस् (भिडियोसहित)

अर्थमन्त्रीको घरमा मेयरले यसरी लगाए डोजर, स्थानीय भन्छन् – बल्ल खाइस् (भिडियोसहित)

  • बिहिबार, चैत्र १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

१५ चैत्र,धनगढी । प्रदेश नम्बर ७ का अर्थ मामिला तथा योजना मन्त्री झपट बोहराको घेर डोजरले भत्कायो । कैलालीको लम्कीमा रहेको मन्त्रीको घर डोजरले भत्काइरहेको बेला स्थानीयले रमिता हेरिरहेका थिए ।

लम्की चुहा नगरपालिकाका मेयर महादेव बजगाईकै अगुवाईमा मन्त्रीको घर भत्काइएको हो । अतिक्रमित सडक खाली बनाउने अभियान अन्तरगत मन्त्री बोहोराको घरमा नगरपालिकाले डोजर हानेको हो । पहुँचकै भरमा सडक अतिक्रमण गरेर बोहराले सडक अतिक्रमण गरेर घर बनाएका थिए ।

नगरपालिकाले १५ दिने सूचना निकालेर अतिक्रमित घर उठाउन भनेको थियो । त्यसपछि फेरि ७ दिने र अन्तिममा ५ दिने सूचना निकाल्दा पनि मन्त्री बोहराले सुने नसुनेझै गर्दै आएका थिए । उल्टै मन्त्री बोहोराले आफ्नो घर कसैले हटाउन नसक्ने भन्दै आएका थिए । मेयर बजगाईले डोजर लगाउने आट गरे । हेर्दाहेर्दै मन्त्रीको घर भग्नावशेषमा परिणत भयो । मन्त्री बोहोराको घर भत्किरहँदा स्थानीय भन्दै थिए, ‘अहिलेसम्म टेरेको थिइनस्, बल्ल खाइस् ।’

बैंकिङ क्षेत्रबाट माओवादी केन्द्रमा प्रवेश गरेका बोहराले यसैगरी कैलालीको दर्जनभन्दा बढी ठाउँमा सडक र सार्वजनिक जग्‍गा अतिक्रमण गरेका छन् ।

लुम्की चुहा नगरपालिकालाई सुन्दर शान्त र समृद्ध बनाउने मेयर बजगाईको अभियानको क्रममा लम्कीमा मन्त्री बोहराले सडक अतिक्रमण गरेको भेटिएको थियो ।

मन्त्री बोहोराका घर यसरी भत्काइएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ