मित्रराष्ट्रको पक्ष–विपक्षमा नलाग्ने : प्रधानमन्त्री ओली

मित्रराष्ट्रको पक्ष–विपक्षमा नलाग्ने : प्रधानमन्त्री ओली

  • मङ्लबार, चैत्र १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, चैत १३ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता र समृद्धि नेपालको पहिलो प्राथमिकता भएको बताउनु भएको छ ।

नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुखहरुलाई आज बालुवाटारमा ब्रिफिङ गर्दै उहाँले सार्वभौमिकता, राष्ट्रिय एकता र आत्मनिर्भरता नेपालको राष्ट्रिय स्वार्थ भएको बताउनुभयो । उहाँले सामाजिक न्याय र समानता बिनाको दिगो शान्ति र समृद्धि परिकल्पना गर्न नसकिने पनि बताउनु भएको छ ।

नेपाल सामाजिक विविधतापूर्ण देश भएको भन्दै उहाँले विविधतामा एकता नेपालीको विशेषता भएको बताउनुभको हो । उहाँले मुलुकलाई आत्मनिर्भर बनाउँदै सार्वभौमिकताको रक्षा गर्नु नै राष्ट्रिय स्वार्थ भएको भन्दै यसमा कुनै सम्झौता नहुने धारणा व्यतm गर्नुभएको थियो ।

लामो संघर्षबाट मुलुक राजनीतिक स्थिरतातर्फ अघि बढेको भन्दै उहाँले शुभेच्छुक तथा मित्र राष्ट्रहरुले शान्ति, स्थायित्व र समृद्धिसहितको एतिहासिक उपलब्धि हेर्न चाहेको बताउनुभयो ।

अर्काे एक फरक प्रसंगमा उहाँले निर्वाचन मार्फत ४१ प्रतिशत महिलालाई प्रतिनिधित्व गर्न पाएको कुरा राख्न पाउँदा खुशी लागेको भन्दै यो सानो उपलब्धि नभएको बताउनुभयो ।

उहाँले ५० प्रतिशत र्पुयाउन मात्र ९ प्रतिशत रहेको र यसको पूरा गर्नका लागि प्रयास गरिने बताउनुभयो ।

यस्तै ओलिले आफु नेतृत्वको वर्तमान सरकारले २ छिमेकीसंग समान परराष्ट्र नीति अवलम्बन गरेको भन्दै अन्य मित्रराष्ट्रसंग सौहाद्रपुर्ण सम्बन्ध स्थापना गर्ने बताउनु भएको छ ।

नेपाल कुनैपछि मित्रराष्ट्रको पक्ष–विपक्षमा नलाग्ने भन्दै सबै राष्ट्रसंग मित्रवत ब्यबहार आफ्नो प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

युरोपेली युनियन (ईयू)ले नेपालको सामानुपातिक निर्वाचन प्रणालीतर्फ खस आर्य समुदायलाई आरक्षण दिन नहुने भन्दै प्रतिवेदन सार्वजनिक गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राजदुतलाई ब्रिफिङ गर्नु भएको हो ।

ईयूको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरकारले प्रतिवेदन सच्याउन ईयूलाई भनेको थियो । तर ईयूले भने प्रतिवेदन सच्याउन अटेरी गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ