काठमाडौँ चैत्र १३ ।
राष्ट्रिय सभाको आज बसेको बैठकमा युरोपियन युनियन ईयू) को निर्वाचन पर्यवेक्षण प्रतिवेदन बारे सांसदहरु बिभाजित भएका छन् ।
एमाले, कांग्रेस र माओवादीका सांसदहरुले ईयू प्रतिवेदनको बिरोध गरेका छन् भने संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा) का सांसदले समर्थन जनाएका छन्।
बैठकमा बोल्दै कांग्रेसका नेता बद्री पाण्डेयले ईयूको उक्त प्रतिवेदनले नेपालको संविधान माथि हस्तक्षेप गरेको भन्दै स्वीकार्न नसकिने बताउनु भएको छ ।
यस्तै एमालेका शेरबहादुर कुवँरले नेपाली जनता मिलेर देख्न नसक्नेले संविधान जारी गर्दा पनि यस्तै बिरोध गरेको भन्दै अहिले सुझाव भन्दा पनि निर्देशन जस्तै आएको आरोप लगाउनु भएको छ ।
माओवादीका रामनारायण बिडारीले विदेशी पैंसाले नेपालको धर्म निरपेक्षता माथि चलखेल भएकाले सरकारले प्रतिरक्षा गर्नुपर्ने बताउनु भएको थियो । ईयूले दायरा भुलेर घातक प्रतिवेदन दिएकाले सच्याउनुपर्ने सांसद उदय शर्मा पौडैलको भनाई थियो ।
एमालेकी कोमल ओलीले नेपाल विविधता युक्त मुलुक भएको भन्दै अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धमिल्याउने कोशिश भएको धारणा व्यतm गर्नुभएके थियो ।
साथै राजपा सांसद ब्रिशेशचन्द्रलालले भने निर्वाचन प्रतिवेदन ईयुको सुझाव भएकाले यसलाई हस्तक्षेप भन्न नमिल्ने बताउनु भएको छ । संघीय समाजवादी फोरमकी प्रमिला कुमारीले प्रतिवेदन सकारात्मक रुपमा लिनुपर्ने र गलत अर्थ नलगाउनुपर्ने बताउनु भको हो ।